धादिङमा कपडा पेल्ने मेसिन विस्फोट हुदा दुईको मृत्यु

Posted on: 27 Feb, 2018

फागुन १५, धादिङ | धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आज कपडा पेल्ने मेसिन पड्किँदा दुईजनाको मृत्यु भएको छ । 

मर्मत गर्न लागिएको अवस्थामा मेसिन विष्फोट हुँदा भारत मोतिहारीका ५० वर्षीय अब्दुल जलील अन्सारी र १८ वर्षीय मन्टु अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो । 

अब्दुलको घटनास्थलमै र अन्सारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!