धादिङमा भिरमौरीको मह खाँदा दश जना बिरामी

Posted on: 05 May, 2019

 वैशाख २२, धादिङ विकट उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भिर मौरीको मह खाँदा आज १० जना बिरामी परेका छन् । बिरामीपर्नेमा ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २० वर्षीय हिमाल विक, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ४२ वर्षीया मेञ्जित माया तामाङ, ५२ वर्षीय चोकबहादुर तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ र सोही गाउँपालिका वडा नं ४ हन्दिुङ निवासी ३५ वर्षीय तेसमान तामाङ रहेका छन् ।

बिरामीमध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर भएकाले उपचार हुन नसकी हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको सामाजिक कार्यकर्ता विजय तामाङले टेलिफोनबाट जानकारी दिनुभयो । सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ ।

आज बिहान ९ः३० बजेतिर मह खाएका उनीहरुमा बान्ता गर्ने, थरथर काम्ने र बेहोस हुने लक्षण देखिएको थियो । उनीहरु शनिबार रुविभ्याली गाउँपालिका वडा नं ४ र खनियाबास गाउँपालिका वडा नं १ को झार्लाङको बीचमा पर्ने भिरमा भिरमौरीको मह ल्याइएकामा गाउँका १३ जनाले सो मह खाएपछि १० जना बिरामी भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!