झापा, धादिङ र बर्दियाका वालकहरुलाई भारतबाट उद्धार

Posted on: 02 Jun, 2019

माधव बेल्वासे | जेठ १९, (कपिलवस्तु) । भारतबाट तीन बालकको उद्धार गरीएको छ । शान्ति पुनस्र्थापना गृह केन्द्रिय कार्यालयले झापा, धादिङ र बर्दियाका वालकहरुलाई उद्धार गरेको हो । झापाका १४ वर्षे वालक बिराटनगरमा भारतीय ट्रक ड्राइभरले विभिन्न प्रलोभनमा पारि भारत लगेको र त्यहा विभिन्न यातना दिएपछि बालकलाई प्रहरीले दरिद्वार राजकीय बाल गृहको जिम्मा लगाएको थियो । 

त्यस्तै  धादिङका १२ वर्षीय वालकलाई भारत लगि काम लगाईलिने प्रलोभनामा परेर अलपत्र परेका थिए । बर्दियाका १४ वर्षे एक वालकलाई पनि उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका संयोजक भुमीराज भट्टराईले वताए ।

भारतबाट विहीबार नेपाल आइपुगेको टोलीले बर्दियाका बालकलाई सोही दिन नै आफन्तको जिम्मा लगाएको र  अन्य दुई बालकहरुलाई भने शुक्रबार झापा र र धादिङ पुगेर जनप्रतिनिधि र सरोकारवालाको रोहबरमा परिवारसँग पुनर्मिलन गराएको भट्टराईले बताएका छन् ।

झापामा आगलागीबाट सात लाखको क्षति

झापाको अर्जुनधारा–८ स्थित गोपीबहादुर कामीको घरमा आज बेलुका ८ः३० बजे आगलागी भएको छ । आगलागीबाट एकतले जस्ताले छाएको घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई एक्कासि आगलागी भएको हो । आगलागीबाट रु ५० हजार, २५ मन धान, लत्ताकपडालगायत घर जलेर नष्ट भएको छ । “एक्कासि घटना भएपछि स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरे पनि त्यो सफल हुन सकेन”, प्रमुख थापाले भन्नुभयो, “बिर्तामोड नगरपालिको दमकलले आगो नियन्त्रणमा लिए पनि घर पूर्णरुपमा नष्ट भएको छ ।” हाल आगलागी पीडित गोपीबहादुरको छ जनाको परिवारलाई बिर्तामोड नगरपालिकाको आश्रयमा राखिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!