धादिङबेंसीमा निःशुल्क लुगा घर

Posted on: 30 Sep, 2019

असोज १३, धादिङ | धादिङ जिलाको धादिङबेसी स्थित धादिङ क्याम्पस चोकमा रहेको सामुदायिक भवनमा एउटा घुम्ती पसल छ । उक्त घुम्ती पसल सामाजिक सेवाका क्रियाशिल धादिङका युवाहरुले संचालन गरेका हुन् । 

नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले निःशुल्क लुगा घरको उद्घाटन गरेसँगै चहलपहलमा छ । उक्त लुगा घरमा लेखिएको छ 'कसैको फाटेको कपडा छ ? कसैको खाली खुट्टा छ ? निःशुल्क कपडा घर यता छ ।' 

युवाहरुले आफूभन्दा असहायलाई सहयोग गरौं भन्ने भावना राख्नेहरुले उक्त लुगा घरमा लुगा ल्याइदिन सक्छन जुन लुगा गरिव तथा असहायले आफूलाई मन पर्ने र साइज मिल्ने छानेर निशुल्क लान सक्नेछन । 

लुगा घरमा आफ्ना पुराना कपडालाई दोश्रो मौका दिनुहोस् भन्दै ८६०४४३०२२ र ९८४३४०३८४८ मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!