धादिङमा पाटे बाघको छालासहित ६ जना पक्राउ

Posted on: 24 Nov, 2019

मंसिर ८, काठमाडौं  | पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन् | 

पक्राउ पर्नेहरुमा गजुरी-३ का ३८ वर्षीय भाइराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क., ३४ वर्षीय राजेन्द्र तामाङ, वडानम्बर ४ का २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका-२ का ५७ वर्षीय सन्त तामाङ र वडानम्बर ३ का २१ वर्षीय राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ |

छाला बेचबिखन भइरहेको छ भन्ने सुचनाको आधारमा उनीहरुलाई गजुरी गाउँपालिका-२ चालिसेबाट प्रहरीले नियन्त्रणमा लिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!