लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीद्वारा घरभित्रै छिरेर स्थानियमाथी निर्घात कुटपिट

Posted on: 01 Apr, 2020

चैत १९, धादिङ | लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीको टोलीले घरभित्रै छिरेर स्थानियमाथी निर्घात कुटपिट गरेको छ ।

सशस्त्र प्रहरीको कुटपिटपछि  ५ जना युवा घाईते भएका छन् । बुधवार साँझ धादिङको सिद्धलेक गाँउपालिका वडा नं. ५ स्थित् बुङचुङमा निर्माण ब्यबसायीहरुले आफ्ना कामदारहरुलाई घर फर्काउने बिषयमा छलफल गर्दै गर्दा सशस्त्र प्रहरीले घरभित्रै छिरेर निर्घात कुटपिट गरेको घाईते कमल कन्ट्रक्सन प्रालीका प्रमुख केशव सिलवालले बताए । ।

आफ्ना कामदारहरुलाई घर फर्काउने बिषयमा निर्माण ब्यवसायी अशोक श्रेष्ठको घरमा जिल्ला प्रसासन कार्यालयमा जानकारी गराउने भन्ने बिषयमा छलफल गर्दै गर्दा साँझ ५ बजे एक्कासी सशस्त्र प्रहरी धादिङका सहायक निरिक्षक असई हरी बहादुर केसीको नेतृत्वमा आएको टोलीले  घरभित्रै छिरेर निर्घात कुटपिट गरेको सिलवालले बताए ।

आफ्नै घरको भान्सा कोठामा ओल्लो-पल्लो घरका साथहिरु बिच गम्भीर बिषयमा छलफल गर्दा समेत सशस्त्र प्रहरीको टोलीले कुनै कुरै नसोधी आफूहरुलाई गोरु कुटेझै लठ्ठीले हिर्काएको घर धनी समेत रहेका पीडित अशोक श्रेष्ठले बताए । 

घाईते अशोकका अनुसार सशस्त्र प्रहरीले घरभित्र छिरी लकडाउनमा रक्सी खाने भन्दै एक्कासी गोरु कुटेझै लठ्ठीले कुटेको हो । आफुहरले बिषयबस्तुवारे जानकारी गराँउदा समेत प्रहरीले कुरै नसुनी अन्धाधुन्द कुटेको थियो । उल्टै प्रहरीले आईन्दा अवदेखी तेरो घरमा ५ जनाभन्दा बढि मान्छे देखे भाटे कारवाहि र १ महिना थुनिदिने भन्दै धम्की दिएको  पीडित अशोक श्रेष्ठले बताए ।

आफुसंग लकडाउन अगाडी निर्माण ब्यवसायमा काम गर्ने १०/१५ जना कामदार रहेको र हाल १० जना आफ्नै घरमा बसीरहेको श्रेष्ठले बताए । यद्धपी प्रहरीको धम्कीले अव के गर्ने भन्ने बिषयमा उक्त घटनाले चिन्तीत बनाएको बताए ।

सशस्त्र प्रहरीको कुटाईवाट सिद्धलेक गाँउपालिका वडा नं.५ का ४० बर्षिय जित बहादुर घले गम्भिर घाईते भएका छन् भने अन्य ४ जना समेत घाईते भएका छन् । घाईते हुनेहरुमा सिद्धलेक गाँउपालिका वडा नं.५ का ३५ बर्षिय घरधनी अशोक श्रेष्ठ, केशव सिलवाल कमल, राजु उपाध्याय, अरुण थपलिया तथा अन्य मजदुरहरु समेत सामान्य घाईते छन् ।

सशस्त्र प्रहरीको कुटाईपछी घाईतेहरु भने आ आफनै घरमा घरेलु औषधी उपचार गरीरहेका छन् । यद्धपी गम्भीर घाईते ४० वर्षिय जित बहादुरको भने आँखामा गम्भिर चोट लागेकाले अस्पताल लैजाने तयारी गरिएको छ । 


घाईते ४० वर्षिय जित बहादुर घलेले पनी लकडाउनको नाममा प्रहरीले ज्यादति गरेको बताएका छन् र्। सम्झाई-वुझाई गर्नुपर्ने बेलामा प्रहरी नै ज्यान मार्ने शैलीमा यसरी ज्यादतिमा उत्रियो, कुरै नबुझी कुटपिट गर्नु दुःखद हो ।’ गम्भिर घार्यते जित बहादुर घलेले बताए ।

सशस्त्र प्रहरी वल धादिङका प्रमुख डिएस्पी धिरेन्द्रराज न्यौपानेले भने यस बिषयमा सशस्त्र प्रहरीले सम्झाई बुझाई मात्र गरेको भन्दै कुटपिट नगरेको दावी गरेका छन् । डिएस्पी न्यौपानेले आफुहरु गस्ती गर्ने क्रममा सिद्धलेकको बुङचुङ बजारमा एक घरमा मासु र मादकपदार्थ सहित केहि ब्यक्तीहरु हल्ला खल्ला गर्दै बसीरहेको देखेपछि सम्झाउँदा पनि अटेर गरेकाले त्यस्तो परिस्थिति उत्पन्न भएको वताएका छन् ।

सशस्त्र प्रहरी वल धादिङ आक्रामक अवस्थामा रहेकाले ति व्यक्तीहरु घाईते हुनु सामान्य बिषय रहेको समेत डिएस्पी न्यौपानेले बताए । डिएस्पी न्यौपानेले भने सशस्त्र प्रहरी घरभित्रै छिरेर कुटपिट भने नगरेको दावी गरे । उनले सम्झाएर काम गर्नुपर्ने ठाउँमा कुटपिट गर्नु भने गलत भएको स्वीकारे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!