धादिङमा थप एक जना संक्रमित भेटिए, जिल्ला अस्पतालमै राखेर उपचार गरिने

Posted on: 06 Jun, 2020

जेठ २४, धादिङ | धादिङमा सनिबार एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । डेढसाता अघि भारतको हरियाणाबाट आएका नीलकण्ठ ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका प्रमुख महेन्द्र धमलाले साझा सबाललाई बताए । 

भारतबाट आएका ति व्यक्तिलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । धादिङमा संक्रमित देखिएपछि उनको कन्ट्रयाक हिस्ट्री खोजि गरिने र आवश्यक परे सिल गरिने धमलाले बताएका छन् । धमलाका अनुसार १८ जनाको स्वाब परीक्षण गराउदा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 

ति संक्रमितलाई धादिङ अस्पतालले आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने धमलाले जानकारी दिए । धमलाका अनुसार धादिङ जिल्ला अस्पतालले कोरोना संक्रमितलाई राख्न पाँच आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । 


'संक्रमित देखिएसंगै ति संक्रमितलाई राखिएको क्वारेन्टाइनका अरुलाई थप समय क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ, साथै उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ' धमलाले  भने । धमलाले जिल्लाका अन्य स्थानका कतिपय क्वारेन्टाइनहरु अव्यवस्थित रहेको गुनाशो आफूले पाएको बताउदै व्यवस्थित बनाउनुपर्ने स्थानीय तहहरुलाई सुझाव समेत दिएका छन् । धमलाले क्वारेन्टाइन अव्यवस्थित हुँदा तथा क्वारेन्टाइनमा बसेकाहरुले अनुशासन पालना नगर्दा संक्रमणको जोखिम थप बढ्ने बताएका छन् । उनले कुनैपनि क्वारेन्टाइनमा एक जनालाई मात्र संक्रमण देखिदा अरुले समेत थप समय क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै क्वारेन्टाइनमा बसेकाहरुलाई सतर्क रहन समेत अनुरोध गरेका छन् । धमलाले भने 'भारत तथा तेश्रो मुलुकबाट नागरिकहरु आउदैछन्, उहाँहरुलाई क्वारेन्टाइनमा निश्चित समय बिताएर थप समय होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने गरेका छौं, जसले नियम पालना गर्दैन र सामाजिक दुरीलाई कायम गर्दैन संक्रमणको जोखिम हुन्छ ।' 

धादिङमा पछिल्लो समय भारतको बिभिन्न स्थानबाट उद्दार गरि ल्याइएकाहरु विभिन्न ठाउँमा स्थानीय तहआ कारेन्टाइनमा राखिएका छन् । क्वारेन्टाइनमा राखिएकाहरुलाई १४ दिनसम्म कारेन्टाइनमा राखेर आरडीटि गरिन्छ र पोजेटिभ आए पिसिआर परीक्षण गराउने गरिएको छ । 

सनिबार भेटिएका थप एक जनासंगै धादिङ जिल्लामा संक्रमितहरुको संख्या ५ पुगेको छ । जसमध्ये २ जना निको भई घर गइसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!