धादिङमा आज थप १६ जनामा कोरोना भएको पुष्टि

Posted on: 08 Jun, 2020

जेठ २६, धादिङ | धादिङ जिल्लामा आज एकै दिन १६ जनालाई कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । 

धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले बनाएको क्वारेन्टाईनमा रहेका १६ जनालाई कोरोना पुष्टी भएको हो ।

कोरोना पुष्टि भएका सबै भारतबाट फर्किएका व्यक्तिहरु हुन् । संक्रमित १६ जनाकै स्वास्थ्य अवस्था सामान्य छ, अब उनीहरुलाई धादिङबेसीमा निमार्ण गरिउको आइसोलेसनमा राखिने छ ।

आरडिटी पोजिटिभ देखिएपछि कोरोना परिक्षणको लागि जेठ २४ गते स्वाब पठाइएकोमा १६ जनामा सन्क्रमण भेटिएको थियो ।

यस अघि नीलकण्ठकै क्वारेन्टाईनमा रहेका नीलकण्ठ नगरपालिकाका एक पुरुषमा पनि कोरोना भाईसर पोजेटिभ पुष्टि भएको थियो ।

आज कोरोना पुस्टी भएका १६ जना व्यक्तिहरुमा नीलकण्ठ-१ का १७ बर्षका पुरुष, नीलकण्ठ-२ का २२ बर्षका पुरुष, नीलकण्ठ- ३ का ४० बर्षका पुरुष,नीलकण्ठ-५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ-११ का ४२ र ५५ बर्षका पुरुष, नीलकण्ठ-१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु तथा २१, २७, ३६ बर्षका महिला र २० महिनाको बालिका रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!