धादिङमा आरडीटी गरेर घर पठाइएका २३ जनामा संक्रमण पुष्टि

Posted on: 14 Jun, 2020

जेठ ३२, काठमाडौं । र्‍यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाइएका धादिङका २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

नीलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरी घर पठाएको थियो ।

घर गएको केही दिनपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्दा २३ जनामा संक्रमण पुष्टि भएको नगरप्रमुख भीम ढुंगानाले जानकारी दिए ।

‘त्यतिबेला पीसीआर टेस्टका किटको अभाव थियो । त्यसैले आरडीटी गरेर पठाएका थियौं’ ढुंगानाले भने, ‘किट आएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण भेटिएको छ ।’ यसरी संक्रमण पुष्टि हुनेमा वडा नं ७ र १४ धुवाँकोटका ७/७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना छन् ।

अब संक्रमितको परिवारका सबै सदस्यको पीसीआर टेस्ट गरिने उनले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!