त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोले घर बगाउँदा तीनको मृत्यु

Posted on: 21 Jul, 2020

साउन ६, धादिङ | त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । 

रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न हरि विकले टेलिफोनबाट जानकारी दिनुभयो । एउटा मात्र घर बगाएको र बाँकी पाँच घर जोखिममा रहेकाले उनीहरुलाई राति नै अन्यत्र सारिएको छ । लगातारको वर्षाका कारण घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!