ज्वालामुखी-५ खरीका ५ जनामा कोरोना संक्रमण, भीडभाड नगर्न अपिल

Posted on: 08 Oct, 2020

असोज २२, काठमाडौँ | धादिङको ज्वालामुखी वार्ड नम्बर ५ स्थित खरीका ५ जनामा कोरोना संक्रमण देखिएपछि बिशेष सतर्कता अपनाउन अपिल गरिएको छ । 

खरीका अन्दाजी ३७ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि हुने थप चार जनाहरु ७५ बर्षिय महिला, ३२ बर्षीय महिला, ११ बर्षीय बालक र ७ बर्षिया बालिका रहेका छन् । 

कोरोना संक्रमित भेटिएपछि वडा कार्यालयले सूचना जारी गर्दै समुदायमा संक्रमण फैलिन सक्ने भन्दै वडाभीत्रका क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ  । ज्वालामुखी वडा नम्वर ५ वडा कार्यालयले सूचना जारी गर्दै कामबाहेक २ जना भन्दा बढी व्यक्ति भेला नहुन र अनावश्यक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । साथै बाहिरबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा रहन र कुनै लक्षण देखिए सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!