धनकुटाको निशान भगवती मन्दिर

Posted on: 22 Jul, 2016

निशान भगवती मन्दिर धनकुटा नगरपालिका वडा नं. ६मा अवस्थित छ । निशान भगवती मन्दिरको स्थापना १९ सौं सताब्दिमा भएको मानिन्छ । यस मन्दिरमा प्रत्येक दिन नेपाली सेनाबाट खटिएका पूजारीले विधिपूर्वक नित्य पूजा गर्ने गरिएको छ।

यो मन्दिर जिल्ला प्रहरी कार्यालय धनकुटाको पछाडी पट्टी अवस्थित छ । एकादशी, औशी र आइतवार वाहेक अन्य दिनहरूमा यस थानमा वोका, राँगा, हाँस आदिको वली दिने गरिन्छ। शाही नेपाली सेनाद्वारा वडादशै तथा चैते दशैमा यस मन्दिरमा विधिपूर्वक विशेष पूजा आजा गरी वलिदिने गरिएको छ। यस मन्दिरमा दिनहुँ धेरै श्रद्धालुहरू दर्शन तथा पूजा आजाका लागि आउने गर्दछन् भने शनिबार भने निकै भिड हुने गर्छ ।

यस मन्दिरको प्राङ्गणमा  रहेको विशाल मसलाको रुख एवं नजिकै रहेको वर–पिपलको वयस्क रुखले धनकुटा नगरीलाई सधै उज्यालो र हँसिलो बनाईदिएको जस्तो भान हुन्छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!