धनकुटामा एक युवकले छुरा प्रहार गरी आफ्नै साथीको हत्या गरेपछि...

Posted on: 26 Jul, 2018

साउन १०, धनकुटा । साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कार्कीछापमा आज बिहान छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

साँगुरीगढी गाउँपालिका–६ का १८ वर्षीय सुरज राईको सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीका १९ वर्षीय निशान लिम्बूले छुरा प्रहार गरी हत्या गरेका हुन् ।

भेडेटामा रहेको एभरेष्ट होटल एण्ड लजमा कार्यरत मजदुर राई र लिम्बूबीच एकअर्कामा विवाद हुदाँ लिम्बूले छुरा प्रहार गरी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । राईको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

होटल संचालक नभएको अवस्थामा उनीहरुबीच विवाद भएको थियो । लिम्बूले टाउकोमा छुरा प्रहार गर्दा राईको घटनास्थलमा ज्यान गएको प्रहरीले बताएको छ । घटना पश्चात् फरार रहेका लिम्बूलाई भेडेटार बजारबाट प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याउने तयारी भैरहेको एसपी गुरुङले बताए ।

मृतकको लासलाई पनि आजै धनकुटा ल्याएर जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!