काठमाडौंपछि तराइमा सिरिन्ज आक्रमणको त्रास

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौँ | काठमाडौंमा सिरिन्ज आक्रमणको त्रास बढीरहेका बेला यस्तै प्रकृतीको घटना तराइको जिल्ला धनुषामा पनि घटेको छ। 

बिहीबार बिहान विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले धारिलो बस्तुले घोचेर फरार भएका छन्। उनीमाथि सिरिन्ज आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो बस्तुले घोचिएको हो। बलुवा खोलामा निर्माणाधिन पुलको छेउमा पुगेपछि अधिकारीमाथि एक युवकले अपशब्द बोल्दै सुइजस्तो तिखो धार भएको बस्तुले घोचेको उनले बताए ।

पुलको पारीपट्टी मोटरसाइकल रोकेर दुइ जना बसेका थिए। केही इसारा गरेपछि मैले मोटरसाइकल रोके, घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले नागरिकसँग भने, ‘मेरो मोटरसाइकल रोकिने वित्तिकै …’हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो।’

धारिलो बस्तुले घोचेपछि एकछिन आँखै देख्न बन्द भएको उनले बताए। मैले समाचारमा पढेको थिए यस्तो घटना। आफै त्यसको सिकार भइयो। एकछिन त आँखै देखिँन। सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागीसकेका थिए ।

- यो समाचार नागरिक दैनिकमा छापिएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!