प्रधानमन्त्रीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा

Posted on: 08 Apr, 2018

चैत २५, जनकपुरधाम । प्रदेश नम्वर २ को संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को हंगामा भएको छ ।

प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आलोचना गरेपछि एमाले संसदहरुले बिरोध गरेका थिए । उनले एक मधेस प्रदेश बनाउनु पर्ने र सशस्त्र समूहका नेताहरुलाई वार्तामा ल्याउनु पर्ने माग माओवादी संसदले राखेका थिए ।

माओवादी संसदले ओलीको आलोचना गरेपछि एमाले सांसद किशोरी साह कमलले प्रदेशसभामा प्रधानमन्त्रीको आलोचना हुन नहुने भन्दै ध्यानाकर्षण गराएका थिए ।

तर, उनीपछि बोलेका राजपा सांसद मनिष सुमनले पनि प्रधानमन्त्रीको आलोचना गरे । उनले संघीयता नचाहने व्यक्ति सत्तामा पुगेको तथा पटक पटक मधेसलाई अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्दा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आपत्ति जनाए ।

राजपा महासचिव समेत रहेका सुमनले बोहिरहँदा एमालेका सबै सांसदहरु उठेर विरोध गरे । मण्डलले प्रधानमन्त्रीको आलोचना रेकर्डबाट हटाउनु पर्ने माग गरेका थिए ।

सभामुखले मुख्यन्यायाधिवत्ताको सेवा सुविधासम्वन्धी विधेयक पेश गर्न समय दिएपछि मात्र एमाले संसदहरुले विरोध गर्न छाडेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!