प्रदेश २ का प्रमुखसँग राजदूतको भेटवार्ता

Posted on: 19 May, 2019

जेठ ५, धनुषा | प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालका लागि बङ्लादेशका राजदूत मासफी विन्ते सामबीच आज शिष्टाचार भेटवार्ता भएको छ । करीब २५ मिनेटसम्म भएको सो भेटवार्तामा उहाँहरुबीच दुई देशको समसामयिक विषयमा कुराकानी भएको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ । 

सो अवसरमा राजदूत सामले दुई देशबीच वर्तमान अवस्थामा भइरहेको पर्यटन, व्यापार र यसको प्रवद्र्धन तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटका क्रममा राजदूत सामले दुई देशको कृषि तथा सिँचाइको अवस्थाबारे कुराकानी भएको थियो । दुई देशको अन्तरसम्बन्ध तथा समृद्ध बनाउन के गर्न सकिन्छ भन्ने कुरामा समेत छलफल भएको सचिवालयले जनाएको छ । 

राजदूत सामले नेपाली सामान बङ्गलादेशका नागरिकले निकै रुचाएको उल्लेख गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!