नेकपा प्रदेश २ जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप

Posted on: 10 Sep, 2019

भदौ २४, जनकपुर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ जिल्ला कमिटीको स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गर्न लागिएपछि झडप भएको छ | मंगलबार महोत्तरीको बर्दिबासमा स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गरिएपछि प्रदेश २ को छ वटै जिल्लाका सन्तुष्ट र असन्तुष्ट पक्षबीच झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरूले सक्रिय कार्यकर्ताहरूभन्दा आफ्ना नजिकका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेको भन्दै असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरू सपथग्रहण कार्यक्रम बिथोल्ने चेतावनी दिँदै आएका थिए।

असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि सपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको बताइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज समेत गरेपछि एक जनाको टाउको समेत फुटेको नेकपाका स्थानीय कार्यकर्ता राधे महतोले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!