मुख्यमन्त्रीको तस्बिरमा जुत्ता हान्ने चारजना पक्राउ

Posted on: 17 Jan, 2020

माघ ३, जनकपुर | जनकपुरमा मुख्यमन्त्री र  मन्त्रीहरुको तस्बिरमा जुत्ताहान्ने चारजना पक्राउ परेका छन् | 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहले मातहतका मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा  तस्बिरमा जुत्ता हानेका हुन् |

तस्बिरमा जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो | उनीहरुलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा लागिएको छ |

प्रदेश सरकारले बक्र्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!