राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा नेकपाकी उमेरदवार विजयी

Posted on: 23 Jan, 2020

माघ ९, जनकपुर | प्रदेश नम्बर २  मा नेकपाकी उमेदवार तुलसा दाहाल विजयी भएकी छन् | बिहीबार भएको मतदानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गर्दै नेकपा-राजपाकी संयुक्त उमेदवार तुलसा बिजय भएकी हुन् |

तुलसाले स्थानीयतर्फ  स्‍थानीय तहतर्फ १४० र प्रदेशतर्फ ५६ मत ल्याएकी छन् | उनले कुल मतभार ५२०८ प्राप्त गरेकी छन् | त्यसैगरी कांग्रस उमेदवार नागिनाले स्थानीयतर्फ १३० ल्याएकी छन् भने प्रदेशतर्फ ५० मत ल्याएको | उनले कुल मतभार ४७४० प्राप्त गरेकी छन् |

चार पदका लागि भएको मतदानमा नेकपा-राजपाले संयुक्त उमेदवार बनाएका थिए | कांग्रेसले समाजवादी दलसँग गठबन्धन गरेको थियो  | प्रदेश २ मा दलिततर्फको मतगणना सुरु भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!