प्रदेशसभा द्वारा प्रदेश २ को नाम 'जानकी'राख्ने नेकपाको प्रस्ताव अस्वीकृत

Posted on: 17 Mar, 2020

चैत ४, जनकपुरधाम | प्रदेश २ को नाम जानकी राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ |

मंगलबार प्रदेशसभामा भएको मतदानमा जानकी नामको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत परेको हो |

प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ जसको लागि १०७ सदस्यीय प्रदेशसभामा ७२ मत प्राप्त गरेर प्रदेशको नाम स्विकृत हुन् | 

प्रदेश २ मा कुनै पनि पार्टीको उक्त मत छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!