जलेश्वर–जनकपुर बाटो अवरुद्ध

Posted on: 09 May, 2018

वैशाख २६ गौशाला | भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । 

जिल्लाकै प्रमुख सडकखण्डका रुपमा रहेको जलेश्वर–जनकपुर सडकको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला गए राति २ देखि आज बिहान साढे ६ बजेसम्म भीषण पानी परेका कारण सो बाटो अवरुद्ध भएको हो । 

जनकपुरदेखि जलेश्वर र भिट्ठामोडसम्म पूरै बाटोभरि नै माटैमाटो रहेको बेला पानी परेपछि सवारी साधान फस्ने डरले आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो । बाटोभरि पानीले गर्दा हिलैहिलो भएकाले कुनै पनि बस, जीपका साथै मोटरसाइकलसमेत चलेको छैन । 

भीषण पानी पर्दा लाखाँैको क्षति 

महोत्तरी जिल्लामा गएराति भीषण पानी पर्दा लाखाँैको क्षति भएको छ । तेज हावा, हुरीसँगै आएको असिना पानीले जिल्लाका दर्जनाँै घर, विद्यालयको छाना उडाएको, रूखबिरुवा र बिजुलीका पोलहरुसमेत ढलेको प्रहरीले जनाएको छ । तीव्र गतिमा आएको हुरी, बतास र असिना पानीले जिल्लाको सयौँ बिघा जग्गामा लगाएको तरकारी बाली र अन्य खेतीपातीमा पनि लाखौँको क्षति पुगेको प्रहरीले जनाएको छ । 

साथै वर्षाकै कारण गए राति २ बजेदेखि नै जिल्लाका सम्पूर्ण गाउँठाउँको बिजुलीसमेत अवरुद्ध भए पनि कुनै पनि मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!