धनुषामा बहुद्देश्य बहुमुखी सहकारी संघ गठन

Posted on: 31 Dec, 2016

विजय कु. सिंह | पुस १६, ढल्केवर | बहुद्देश्य सहकारीहरुको संगठन जिल्ला बहुद्देश्य बहुमुखी संघ धनुषामा श्री शिवगुरु बहुद्देश्य सहकारीको अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्य समिति गठन भएको छ । 

ढल्केवरस्थित रातो लालीगुरास सहकारीको सभाकक्ष हलमा सम्पन्न जिल्ला भेलामा नेपाल बहुद्देश्य सहकारी संघ लिंको केन्द्रिय सदस्य तुलसी प्रसाद सापकोटाको प्रमुख आतिथ्य र सोनाबती देवी महतोको अध्यक्षतामा सो भेला सम्पन्न भएको छ । गठित समितिको उपाध्यक्षमा राम बाबु कडारी, निरा सापकोटा, कोषध्यक्ष्मा सुनिता देवी महतो, सचिवमा माधवी आले र सदस्यहरुमा लिलम सिंह, विन्दा सिलवाल, भवानी थापा, सन्जु खाती रहेका छन् । 

कार्यक्रममा धनुषा पत्रकार महासंघका सदस्य विनोद महतो, राम प्रताप महतो, सुनिता देवी महतो लगायत संचारकर्मीहरुका साथै धनुषाको विभिन्न बहुद्देश्य सहकारीहरुको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!