निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on: 08 Dec, 2017

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो ।

नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य रु. १००/-, डिजेल/मट्टीतेलको मूल्य रु. ७७/- रुपैयाँ र हवाई इन्धनको आन्तरीक मूल्य रु. ८७/- रुपैयाँ पर्ने भएको छ । बढेको मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि हो ।

पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यस्तै, चारली, वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्ताले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसा मा खरिद गर्न पाउनेछन् ।

त्यस्तै, खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!