खोला उत्खनन रोक्न खोज्दा महतोको टिपरले किचेर हत्या

Posted on: 10 Jan, 2020

पुस २५, जनकपुरधाम | धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा अवैध उत्खनन गरेर तस्करी  नगर्न भन्दै गएका  एक युवकलाइ टिपरले किचेको छ | खोलामा जथाभावी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई बन्द गर्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या  गरेको हो |

उत्खाननको बिरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर  मारेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ | महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए | उनको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल  ल्याइएको छ | 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | टिपर र चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!