प्रदेश २ मा आज सार्वजनिक विदा

Posted on: 19 Jan, 2020

माघ ५, काठमाडौँ | प्रदेश २ मा आज सार्वजनिक विदा दिइएको छ |

माघ ५ गते मधेश आन्दोलनका सहिदहरूको सम्झनामा मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो | सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेर उक्त दिन मनाउँदैछ |

बलिदानी दिवस कार्यक्रम वीरगञ्जमा आयोजना हुने  छ  | कार्यक्रममा प्रदेश सरकार मन्त्री, मधेश आन्दोलनका सहयात्री दलका नेता, शहिद परिवार, नागरिक समाज बुद्धिजीवीको सहभागिता हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!