आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु

Posted on: 26 Dec, 2016

पुस ११, धनुषा । धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ । 

जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ज१त २८३६ नंको ट्र्याक्टर चलाएर महेन्द्रनगरतर्फ जाँदै गरेका बेला ट्र्याक्टर पल्टिँदा च्यापिएर चालक राईनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!