धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी

Posted on: 22 Sep, 2017

असोज ६, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् । 

प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलका निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक तीन हजार ७०३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!