धनुषामा खम्बामा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

Posted on: 01 Jan, 2017

पुस १७, धनुषा । सडक छेउको खम्बामा मोटरसाइकल ठोक्किएर क्षिरेश्वरनाथ नगरपालिका– ८ हरैयाका ४० वर्षीय जितेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको छ । 

धनुषा प्रहरीका अनुसार शनिबार राति १ बजे ज ७ प ३८४५ नंको मोटरसाइकलमा यादव जनकपुरबाट घर जान लागेका बेला जनकपुरको पिंडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किएर उनको घटनास्थलमै मृत्यु भएको हो । 

शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!