जनकपुरस्थित एक पसलमा आगलागी हुँदा लाखौँको क्षति

Posted on: 08 Feb, 2017

माघ २६, महेन्द्रनगर | जनकपुरस्थित एक पसलमा गए राति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । 

जनकपुरको मिल्स एरियास्थित ताज रुई सेन्टरमा गएराति आगलागी भएको हो । आगलागीबाट रु १३ लाखभन्दा बढीको क्षति भएको पीडित पसलेले जनाएका छन् । 

जनकपुर उपमहानगरपालिका पुलचोक—१६ बस्ने मोहमद अयुव हुसेनले काठको घरमा सञ्चालन गरेको रुई पसलमा मङ्गलबार राति एक्कासि आगलागी भई सम्पूर्ण सरसामानसहित घर जलेर खरानी भएको छ । 

रुईको पसल भएकाले आगो एकै छिनमा पूरै घरभरि फैलिएपछि बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाले प्रयास गर्दा पनि समय मै निभाउने प्रयास असफल भएको थियो । काठको घरभित्र सञ्चालन गरेको पसलभित्र रहेको रुई, सिरक, तोसक, लत्ताकपडा, नगदलगायतका सम्पूर्ण सरसामानसहित घर जलेर नष्ट भएको छ । 

रेल्बे स्टेसन प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक देवलाल यादवका अनुसार विद्युत् सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!