धनुषामा नक्सा माग्दा कर्मचारीले सेवाग्राही कुटे

Posted on: 09 Feb, 2017

माघ २७, धनुषा । धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । 

जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कर्मचारीले कुटपिट गरेका हुन् । 

नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन साहलाई कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपिट गरेको पीडित साहको आरोप छ । 

सो घटनाबारे कार्यालयमा बुझ्दा नक्सा फाँटका कर्मचारी कतै गएकाले एक्कै छिन् पर्खिन भनेपछि गालीगलौजमा उत्रेपछि घटना भएको स्वीकार गरेका हुन् । घाइते सेवाग्राही ललनलाई धनुषा प्रहरीले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको सेवाग्राही अमितले बताएका हुन् । घाइते साह जनकपुरको श्याम चोकस्थित माछा पसल गरेर गुजारा चलाउँदै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!