मौरीको टोकाइबाट एक महिलाको मृत्यु

Posted on: 19 Mar, 2017

चैत ६, धनुषा । मौरीको टोकाइबाट आज धनुषाको लक्ष्मीनिवासमा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लक्ष्मीनिवास–१ सोनापुरकि ५८ वर्षीया सावित्रीदेवी महतो रहेकी छिन् । 

दिउँसो बारीमा गएका बेला शरीरभरि नै मौरीले टोकेको र त्यसको टोकाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लाने तयारी गर्दागर्दै मृत्यु भएको सावित्रीका परिवारले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!