फेसबुकमा यस्तो समाचार सेयर गरेकी रायलाई जागिरबाटै हटाइदिएपछि...

Posted on: 23 Sep, 2018

असोज ७, काठमाण्डौ । गत असोज ३ गते संविधान दिवस प्रदेश २ मा लाई कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गर्दा एक कर्मचारी जागिरबाट बन्चित भएकी छिन् ।

धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट बन्चित भएकी हुन् । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् ।


जागिरबाट हटेकी रायले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टिकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र दिएको बताएकी छिन् । 

उनले बिना स्पष्टिकरण सिधै जागिरबाट हटाएकोमा दुख लागेको बताइन् । अदालतले २०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको भनी पत्र दिइएको छ । रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको बताइन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!