धनुषाको निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी

Posted on: 13 Jan, 2019

पुस २९, जनकपुरधाम |  धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी हुनुभएको छ । 

सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा रुपेशकुमार सिंह निर्वाचित हुनुभएको छ । 

सदस्यअन्तर्गत ‘घ’ श्रेणीका सदस्यमा विजयकुमार झा, सन्तोषकुमार मुखिया र नवनीतकुमार झा निर्वाचित हुनुभएको छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!