प्रहरीद्वारा गोली प्रहार गरी ८ जना भारतीय डाँका पक्राउ

Posted on: 23 May, 2019

जेठ ९, काठमाडौँ | जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ । गए राती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले गोली हानेर डाकालाई पक्राउ गरेको हो । 

पक्राउ परेका डाँकाहरु भारत बिहार प्रान्त स्थित समस्तीपुरको रहेको बताइको छ। जनकपुरधाम–८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्यले आएका उनीहरु मध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएका छन् । 

घाइते डाँकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जनाए ।  

 ८ जनाको समूहमा रहेका सबैलाई प्रहरीले पक्राउ गरेको छ । डीआइजी पालको टोलीले ७ जनालाई घटनास्थल र एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त डाका भनिएकाहरुका साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!