दुई टाउको भएको अनौठो शिशुको जन्म

Posted on: 01 Aug, 2019

साउन १६, धनुषा (रासस) | जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म भएको छ । 

चिकित्सक रुवी सिंहको टोलीले शल्यक्रिया (अप्रेशन) गरी शिशुलाई पेटबाट निकालेको थियो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो बच्चा जन्माएकी हुन् । उक्त शिशु जन्मेको एक घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

साथै शिशुको आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका रामबाबु यादवले जानकारी दिनुभयो । 


माथिको तश्वीर: अजयकुमार साह

यस बिषयमा तपाइको प्रतिक्रिया...!