सागका लागि ल्याइएको पटका पड्काउँदा घाइते बालकको मृत्यु

Posted on: 10 Dec, 2019

मंसिर २४, जनकपुर | १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जनकपुरमा भएको उद्घाटन समारोहमा आतिशबाजीका लागि ल्याइएको पटका पड्काउँदा घाइते भएका एक बालकको ज्यान गएको छ |

उद्घाटन समारोहमा पड्किन नसकेको पटका १० वर्षीय बालक आलोक राउतले घरमा लगेका थिए | घरमा सोही पटका पड्काउने क्रममा उनी घाइते भएका थिए | जनकपुरधाम १३ स्थित कबर्ड हलनजिकै घर भएका राउतको उपचारका क्रममा आज मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले बताए |उनको पेट पूर्णरूपले जलेको थियो |

गम्भीर घाइते भएका बालक राउतलाई तत्कालै प्रादेशिक अस्पताल ल्याइएको थियो। तर, उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!