४० वर्षीय महिलामाथि सामूहिक बलात्कार

Posted on: 17 Feb, 2020

फागुन ५, जनकपुर | प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा ४० वर्षीय महिलामाथि ४ जना यूवक मिलेर सामूहिक बलात्कार गरेका छन् | जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बलात्कार गर्ने मध्ये २ जना पक्राउ परेका छन् |

बलात्कारको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरीले जनाएको छ |

फरार रहेका २ जनाको  खोजी कार्य भइरहेको प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!