अपहरण भएका ७ वर्षीय बालकको उद्दार: आफ्नै बुवा र मामा पक्राउ

Posted on: 21 Feb, 2021

फागुन ९, जनकपुरधाम । अपहरणमा परेका एक ७ वर्षीय बालकको ७ घण्टापछि सकुसल उद्दार गरिएको छ । धनुषाबाट अपहरणमा परेका बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबार रातिनै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उक्त अपहरण प्रकरणमा संलग्न भएका बालकका पिता सहित २ जना मामालाई प्रहरीले पक्राउ गरेको छ ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चा अपहरणमा परेको भन्दै एक करोड फिरौती माग गरिएको थियो । फिरौती माग गरिएपछि प्रहरी अपहरित बालकको उद्दारमा परिचालित भएका थिए । प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरेको थियो ।


बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामालाई प्रहरीले पक्राउ गरेको छ । 

अपहरणमा संलग्न रहेको आशंकामा बालककै पिता रमेशलाई पनि प्रहरीले पक्राउ गरेको छ । अपहरण घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!