धनुषामा एकै परिवारका तीन जना मृत फेला

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ,न्युज कारखाना | धनुषामा  एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनुषाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साह, ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य साह आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । घरको आर्थिक अवस्था कमजोर रहेको गुरुदेव दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

मजदुरीकै कामको लागि जनकपुरमा रहेका श्रीमान गुरुदेवलाई शुक्रवार साँझ गुडियाले फोनमार्फत कुराकानी गरेकी थिइन् । केही वर्षअघि प्रेम विवाह गरेकी गुडियाललाई माइती पक्षले अझै स्वीकार गरेका थिएन । 

घटना के कारणले भएको अहिलेसम्म नखुलेको बताउँदै जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले पारम्भिक अनुसन्धानमा महिला आफैले नबालक छोराको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने देखिएको बताए । 

श्रीमान श्रीमतीबीच कुनै विवाद नरहेको र घरमा वृद्ध सासु ससुरामात्रै रहेकोले पनि विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उनले बताए । मृतक महिलाको शव पंखामा झुण्डिएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!