विश्वको कुनैपनि कुनाबाट नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा भएको एप

Posted on: 30 Sep, 2016

वाशिडटन डिसी | अमेरिकाको भर्जिनियामा बसोबास गर्ने दुई नेपाली विद्यार्थीहरु राजीव श्रेष्ठ र गोपाल सापकोटाले एक नयाँ एपको प्रयोग गरेर  मोबाइलमा सोझै रिचार्ज पैसा हालि दिन सक्ने बनाएका छन् l

श्रेष्ठ तथा सापकोटा हाल डिसी महानगर क्षेत्रमा अवस्थित अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययनरत छन् ​l​

हालै सार्बजनिक गरेको उक्त एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबै बाट प्रयोग गर्न सकिने छ । कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोर बाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यस्को प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने छन् l

यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयास पछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयां संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स (स्नेयी) को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हुन । 

एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले दिए ।

यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ । नेपालमा रहेका आफन्तहरुको मोबाइल नम्बरमात्र भए फोनको रिचार्ज गर्न सकिने छ भने पेपाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ । डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ । बिदेशमा रहेका धेरै नेपालीसँग अनलाइन भिषा, मास्टर कार्ड  र पे-पाल एकाउन्ट हुने हुँदा यो सुबिधाबाट धेरै नेपाली लाभावान्वित हुनेछन् ।

यी युवाको जोडीले नेपालसंग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!