अमेरिकामा छक्का पन्जाको किर्तिमान

Posted on: 03 Oct, 2016


विजय थापा | असोज १७, डीसी | भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन  गरिएको नेपाली चलचित्र  छक्का पन्जाले नया किर्तिमान कायम गर्न सफल भएको छ l

दर्शकसंग गरिएको अन्तरवार्ता तथा आयोजक संग गरिएको कुराकानी अनुसार चलचित्रलाई राम्रो कथा वस्तु दिन सक्यो भने चलचित्र आफै चल्ने अधिकाशंले बताए l

अमेरिकाको डिसि महानगर क्षेत्रमा प्रदर्शन गरिएको बिगतका थुप्रै नेपाली चलचित्र मध्ये सबै लाई उछिन्दै ४ सय २० दर्शक हेर्ने स्थान भएको चलचित्र कक्ष पुरै भरिएर मानिस उभिएर र अतिरिक्त कुर्सि समेत लगाएर हेर्नु परेको अवस्था भएको छ l टिकट सबै बिकेको आयोजकले बताए l

चलचित्र शुरु भएको १ घण्टा पछि पनि दर्शक हेर्न आउदै गरेका थिए भने सबै वर्गका दर्शक चलचित्र राम्रो भएको सुनेर आएका बताएका थिए l बिगतमा प्रदर्शन गरिएका चलचित्र हेर्न दर्शकलाई प्रतिक्षा गर्नु पर्ने अवस्था रहेता पनि आज प्रदर्सन गरिएको छक्का पन्जाले नौला किर्तिमान गरेको छ l


दर्शकले चलचित्रले सबै कुरा समेटेको भन्दै खुब हास्न पाईएकोमा दंग पर्दै अब नेपाली चलचित्र राम्रो बन्न लागेकोमा खुशी ब्यक्त गरेका छन्  l

दर्शकले कलाकार निर्देशक दीपाश्री निरौला तथा दिपक गिरिले ज्यादै मेहनत गरेर बनाएकोले यस्तै चलचित्र हेर्न पाईयोस भनि आग्रह समेत गरेका छन् l  

यस बिषयमा तपाइको प्रतिक्रिया...!