मलेसियामा रहेको छोराको खबरले परिवारमा हरायो दशैँ

Posted on: 08 Oct, 2016

शशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मलेसिया पुगेका प्युठान फोप्ली १ लुप्लुङ्कका लंक प्रसाद भण्डारी मलेसिया प्रहरीको हिरासतमा परेपछि उनको परिवारलाई थामि नसक्नु पीर परेको हो  ।

आठ महिना अघि काठमाण्डौं सामाखुसीमा रहेको डेल्टा म्यानपावरबाट मलेसिया पुगेका भण्डारीले मलेसियाको एक कम्पनीमा काम गर्दै आएका थिए । गाडीमा सामान पठाउनका लागि गाडीमा समान लोड गरेर हिड्ने समयमा मलेसियाको प्रहरीले भण्डारी सहित अरु एक जनालाई नियन्त्रणम लगेको थियो ।  प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको १८ दिन भएपनि ढिला गरी जानकारी आएको उनको परिवारले बताएको छ । दशैंको बेला मलेसियामा भाइ जेलमा परेपछि घरमा आमा र बुहारीलाई सम्हाल्न गाह्रो भएको पीडितका दाजु चुमान प्रसाद भण्डारीले टेलिफोनमा जानकारी दिनुभयो । वाइट १मलेसियामा रहेका सोही गाउँकै बुद्धिराम भण्डारीका अनुसार प्रहरीको हिरासतमा रहेका लंक प्रसाद भण्डारीलाई छुटाउने प्रयास जारी छ । म्यानपावर सञ्चालक शरद अधिकारीका अनुसार भण्डारीको साथमा कुनै परिचयपत्र नभएको भन्दै त्यहाँको प्रहरीले उनीसँगै अरु एक जनालाई नियन्त्रणमा दिएको थियो ।   भण्डारीलाई छुटाउनका लागि प्रयास जारी रहेको जानकारी दिंदै अधिकारीले सबै सक्कल कागजात जुटाउन समय लागेको बताएको छ । सबै कागजात जुटाएका छौं, आज वा भोली सम्ममा छुटाउँछौं होला, अधिकारीले भन्नु भयो । 

भण्डारीलाई छुटाउनका लागि त्यहाँ स्थित कम्पनी प्रतिनिधीले प्रयास गरिरहेको अधिकारीले जानकारी दिनुभयो । कुनै अपराध गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको नभई साथमा परिचय पत्र नभएकाले नियन्त्रणमा लिएको भन्ने जानकारी आएकाले सजिलै छुट्टने तर समय भने लाग्न सक्ने अधिकारीले बताउनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!