नेपालका राज बहादुर शाही अन्तर्राष्ट्रिय संस्थाको अध्यक्षमा निर्वाचित

Posted on: 22 Oct, 2016

कात्तिक ६, अमेरिका । पपुवा न्यू गिनीमा कार्यरत नेपाली यूवा गैरआवासीय अभियन्ता राज बहादुर शाही अन्तराष्ट्रिय संस्थामा अध्यक्ष निर्वाचित भएका छन् ।

सीपीएल विशेष परियोजना प्रमुख रहेका राज शाहीले अध्यक्षता गरेको बैठकमा बिभिन्न ख्याति प्राप्त अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

स्थानीय संस्थाहरु एफपी डि ए तथा फामा फ्रेस प्रोडक्ट आईडब्लुजी ले बैठकमा सहभागीहरुलाई स्वागत गरेका थिए ।उक्त भेलामा नेपालका राज शाही अध्यक्षमा चुनिएका छन् भने बेन्जामिन किम्बे उपाध्यक्षमा चुनिएका छन् । 

कार्यक्रममा रोब हुथीले कार्यक्रमका विषयमा प्रकाश पारेका थिए । कोका, कफि, कोकोनट, मतस्य, वन, हेण्डीक्राफ्टको उत्पादन तथा प्रवर्धक एवं सम्बन्धीत क्षेत्रमा भएका समस्याका बारेमा बृहद छलफल समेत गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!