मलेसियामा नेपाली श्रमिकहरुलाई तालिम

Posted on: 25 Oct, 2016

कात्तिक ९, काठमाडौँ | मलेसियामा रहेका नेपालीहरुलाई मजदुरहरुका अधिकारबारे जानकारी दिने उध्यश्यले एक दिने तालिम दिईएको छ । 

जोहोरवारुको जेवि सेन्ट्रल होटलमा आयोजना गरिएको उक्त तालिममा जोहोरवारु क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाका ४० जना नेपालीहरुको सहभागिता रहेको आयोजक प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) ले जनाएको छ  । उक्त तालिमको संयोजकत्व भने नेपाली श्रमिक एकता समाजले गरेको थियो ।

तालिमका अवसरमा नेपाली कामदारहरुले कम्पनीमा रहदा ध्यानदिनु पर्ने कुराहरु, मलेसियाका विभिन्न नियम कानुनहरु, श्रमिकका हक अधिकार, बिमा सम्बन्धि जानकारीहरु लगायत बिषयमा जानकारी गराइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!