नेपालबाट मलेसिया आएकै भोलिपल्टै एक नेपालीको मृत्यु

Posted on: 26 Oct, 2016

कात्तिक १०, मलेसिया । रोजगारीको लागि मलेसिया आएका शिवसताक्षी-५ झापाका विष्णु रोकायाको आइतबार ज्यान गएको छ । उनि नेपालबाट मलेसिया गएको भोलिपल्टै मृत्युको सिकार भए । रोकाया तीन महिनासम्म बिदामा घरमा बसेर शनिवार मलेसिया आईपुगेका थिए ।

मलेसिया पुगेको भोलीपल्ट अर्थात गत आइतबार दिउँसो छाती दुख्यो भनेपछि कम्पनीका मालिकले उनलाई स्थानीय अस्पतालमा पुर्‍याएका थिए । तर उपचारकै क्रममा उनको राति करीब दश बजे मृत्यु भयो । रोकाया करीब १२ वर्षदेखि मलेसियाको क्वालालम्पुरस्थित कोतारायमा रहेको एक किराना तथा सब्जी पसलमा काम गर्दै आएका थिए । 

नेपालमा करिब तीन महिना बिदामा आएका उनि नेपालमै छंदा पनि अस्वस्थ थिए । नेपाल छंदा उनलाई विराटनगरस्थित एक अस्पतालमा उपचार गराइएको थियो ।

मलेसिया पुगेको भोलीपल्टै रोकायाको मृत्यु भएपछी उनको शवलाई चेरासमा रहेको केएमसी अस्पतालमा राखिएको छ । साथै उनको शवलाई नेपाल पठाउने तयारी भैरहेको छ । मृतक रोकायका श्रीमती, एक छोरा र एक छोरी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!