अफ्रिकामा देउसी भैलो खेल्दै मनाइयो तिहार

Posted on: 31 Oct, 2016

कात्तिक १५, लेगोस (नाइजेरिया) | 

नाइजेरियाको लेगोसमा गैर आबाशिय नेपाली संघको नाइजेरिया राष्ट्रिय समन्वय समितिले हरेक बर्ष झै यस् बर्ष पनि लेगोसको अपापामा देउसी भैलो खेलेर तिहार मनाएको छ | संघका अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य चिरन्जिबी रोकाले गरेका थिए |

देउसी भैलोमा संघका सचिब रोशन थापा, विश्वाश पौडेल, गंगासागर श्रेष्ठ, ईन्द्र टण्डन, अभिशेक सिंह, बुधराम महतो, मदन बोहरा, मन थापा, अन्जु पौडेल, अर्चना सिंह लगाएत सदस्यहरुको सहभागीता थियो |

उक्त देउसी भैलो कार्यक्रमबाट नेपाली रु सत्तरी हजार संकलन गरिएको र उक्त रकम संघले गर्ने कुनै परोपकारी सामाजिक कार्यमा नेपालमा पठाउने जनाइएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!