माओवादी नेता पाण्डेको निधनमा जन प्रगतिशील मंच जापानको श्रद्धाञ्जली

Posted on: 15 Nov, 2016

कात्तिक ३०, जापान | नेपाली जनप्रगतिशील मन्च जापानले नेकपा माओवादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । 

श्रद्धाञ्जलीको लागि मंचका केन्द्रीय सचिव जनक सुवेदीले जारी गरेको बिज्ञप्तिमा परिवर्तनका लागि नेपाली समाज र माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन पाण्डेले अहम भूमिका खेलेको र त्यसको सदा स्मरण गरिने उल्लेख गरिएको छ । साथै बिज्ञप्तिमा पाण्डेको दु:खद निधनले पार्टी सोकमा रहेको भन्दै उनको परिवारमा धैर्यधारण गर्ने शक्तिको कामना गरिएको छ ।  

त्यस्तै नेपाली जनप्रगतिशील मन्च जापान, टोकियो क्षेत्रका अध्यक्ष सम्पूर्ण अधिकारीले पाण्डेको निधनले माओवादीमा अपुरणीय क्षेती भएको बताए । अध्यक्ष अधिकारीले स्वर्गीय पाण्डेको कदर गर्दै आफ्नै छोरा नयाँ शक्ति पार्टीमा लाग्दा समेत माओवादी केन्द्रलाईनै आफ्नो पार्टी मानेर निरन्तर पार्टीको हितमा काम गरेको भन्दै उनलाई पार्टीले निरन्तर स्मरण गर्ने बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य भक्ति पाण्डेको सोमबार मृत्यु भएको थियो । गत साल नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचार गर्ने क्रममा क्यान्सर रोग रहेको पत्ता लागेपछि नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उनको उपचार भइरहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!