वम्बुले राई क्षेत्रीय कार्यसमिति युएई बैठक सम्पन्न

Posted on: 26 Nov, 2016

हेम चन्द्र राई | दुबई - २५ नोभेम्बर | वैदेशिक रोजगारीको क्रममा आफ्नो आफन्त, परिवार, समुदाय छोडेर युएईमा आएको किरात राई वम्बुले राईहरुको क्षेत्रीय कार्यसमिति युएई समाजको नियमित बैठक दुबई इमिरेट्स स्थित जावेल पार्क सम्पन्न भएको छ । आफ्नो भाषा, रितिरिवाज, कला सस्कारको प्रवासमा बसेर सङ्ग्रक्षण, सम्बर्द्धन तथा प्रवासमा रहँदा आईपर्ने समस्यामा हातेमालो गरेर एकअर्कालाई सरसहयोग गर्ने उद्देश्यले स्थापना भएको सो समितिको बैठक अध्यक्ष दिपक राईको अध्यक्षता बसेको थियो ।

बैठकमा युएई स्थित अबुधावी, दुबई, सार्जा इमिरेट्सको पदाधिकारीहरुको उपस्थितिमा बैठकले नेपालमा मिर्गौला पीडित थाक्ले ५ हिलेपानी ओखलढुंगा निवासी ४० बर्षका दमन सिंह राईलाई नेपाल टेलिभिजनमा कार्यरत पत्रकार तथा वम्बुले राई समाज नेपालको अध्यक्ष गजुर्धन राईको हात बाट तिरानब्बे हजार ( ९३,००० ) रुपैया सहयोग प्रदान गरेको छ । उक्त रकम आर्थिक अवस्थाले कमजोर रहेका पीडित दमन सिङ राईलाई युएईमा विभिन्न कम्पनीमा छरिएर बसेका वम्बुले राईहरुले वम्रास नेपाल केन्द्र तथा युएई समाजको बिशेष पहलमा आर्थिक सहयोग सङ्कलन गरेर सहयोग प्रदान गरेको थियो ।

बैठकले आफ्नो भाषा, लिपिको बारेमा समिक्षा गर्दै निर्माणको लागि योजना गरिरहेको बहुउद्देश्यीय स्वालेवा पार्क ओखलढुंगामा निर्माण हुन लागेको पार्कको सहयोग सङ्कालन गर्ने, आगामी दिनमा भावी सन्ततिलाई वम्बुले राई भाषा, सस्कृती, कला सस्कारलाई बचाउदै उनीहरुको काधमा सुम्पनु पर्ने विभिन्न निर्णय सहित बैठक सम्पन्न भएको छ । बिस २०५४ सालमा स्थापना भएको वम्बुले राई समाज ( वम्रास ) नेपालको क्षेत्रीय कार्यसमिति युएईको स्थपना सन २०१० मा भएको थियो । तत पश्चात् वम्रास युएई समाजले आफ्नो समुदाय, पीडित प्रवाशी नेपाली, रितिरिवाज, कला सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विभिन्न सामाजिक सहयोग काम गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!