लेबनान सरकाले दुई नेपाली महिलालाई देश निकाला गर्‍यो

Posted on: 11 Dec, 2016


मंसिर २६, काठमाडौं । लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ ।

लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको थियो । अब नेपाल डिपोर्ट गर्ने भएको छ । अध्यागमनले उनीहरुमाथि अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोप उनीहरुलाई लगाएको छ ।

सुजन र रोजी लेबनानमा रहेका घरेलु कामदारहरुको हकहितका लागि काम गर्दै आएका थिए । र, उनीहरुले नेपाली महिलाहरुको समूह ‘नारी’ समेत बनाएका थिए ।

सुजना र रोजीलाई देश निकाला गर्ने निर्णयको त्यहाँका नागरिक समाज लगायतले प्रश्न उठाएका छन् । उनीहरुलाई कानुन व्यवसायी राख्न र आफ्नो बचाउ गर्ने मौका दिनुपर्ने र दोषी देखिएमात्र देश निकाला गर्नुपर्ने आवाज उठेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!