हङकङमा नेपाली कलाकारसँगै नाचे प्रवासी नेपाली

Posted on: 15 Dec, 2016

कृष्ण कँडेल | मंसिर ३०, काठमाण्डौ | हङकङ नेपाल हिन्दु एसोसियसनको आयोजनामा हङकङको यमुताई शहरमा विशेष सांगितिक कार्यक्रम भएको छ । 


यमुताईमा रहेको कम्युनिटि हलमा गजल तथा भजन सहित विविध सांस्कृतिक कार्यक्रम भएको हङकङ नेपाल हिन्दु एसोसियसनकी अध्यक्ष गोमादेवि शर्माले जानकारी दिनुभयो ।  हङकङमा रहेका नेपालीलाई मनोरञ्जन दिँदै नेपाली धर्मसंस्कृति तथा गितसंगीत जिवन्त राख्न कार्यक्रम आयोजना गरिएको शर्माको भनाई छ । 

कार्यक्रममा गायक आनन्द कार्कीले नयाँ तथा पुराना गितसंगित मार्फत उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको थियो । 

कार्यक्रममा उपस्थित प्रवासी नेपालीे लामो समयको अन्तरालपछि  चर्चित कालाकार कार्कीसँगै नाचगान सहित रमाईलो गर्न पाउँदा निकै उत्साहित थिए । सो अवसरमा कालाकार निर्मल सिलवालले नेपाली तथा हिन्दी गजलबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । 


हाँस्य कलाकार शिरोमणी दवाडीले पनि आफ्नो प्रश्तुती मार्फत नेपालीलाई निकै हँसाउनुभएको थियो । नेपाली धर्मसंस्कृति र गितसंगीतप्रती आस्था राख्ने दर्शकले कार्यक्रमबाट भरपुर मनोरञ्जन लिएका आयोजकले जनाएको छ । 

नेपाल र नेपालीको गित संगीत र धर्मसंस्कृतिलाई प्रवासमा रहेका नेपाली विच पुराएर संरक्षण साथै मनोरञ्जन प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष गोमा देवि शर्माले आम जानकारी दिनुभयो । 

त्यस्तै हङकङ नेपाल हिन्दु एसोसियसनले स्थापना तथा संरक्षण गरेको यमुताईको हिन्दुमन्दिरमा आगमी शनिवार र आईतवार २४ घण्टे अखण्ड भजन किर्तन आयोजना गरिएको उहाँको भनाई छ । कार्यक्रममा नेपालबाट त्यहाँ पुगेका कलाकारहरु आनन्द कार्की, निर्मल शिलवाल र शिरोमणी दवाडीको प्रश्तुती रहने छ । स्थानिय कलाकार हरि श्रेष्ठ, र नगेन्द्र श्रेष्ठले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!